चितवन सेरोफेरो

दुई वटा सुधारगृह बन्द गर्न निर्देशन
-न्युजभित्तो

चितवन, १७ चैत । जिल्लामा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको अबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो । चितवनका...

एकीकृत शत्रुजीव व्यवस्थापन कृषक संघ चितवनको अध्यक्षमा धर्मराज
-न्युजभित्तो

चितवन, १६ चैत । एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक संघ चितवनको सातौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । आज कृषि विकास कार्यालय चितवनमा आयोजित अधिवेशनबाट धर्मराज कंडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा प्रेमनाथ नेपाल,...

चितवनमा सुचनाको हक सम्बन्धि अन्तक्रिया
-न्युजभित्तो

भरतपुर, १५ चैत । चितवनमा सुचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुचनाको हकका लागि राष्ट्रिय महासंघ चितवन शाखाले आज जिल्ला प्रशासन कार्यालय चितवनमा सरोकारवाला निकायसँग अन्तक्रिया कार्यक्रम गरेको हो । अन्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय चितवनका...

सबै समुदायको आस्थाको केन्द्र बन्दै ‘विक्रमबाबा’
-न्युजभित्तो

चितवन, १५ चैत । यहाँका आदिवासी थारु समुदायले सदियौँदेखि पुज्दै आएको विक्रमबाबालाई अहिले सबै समुदायले आस्थाको केन्द्र बनाएका छन् । थारु समुदायले तीनै लोकका ठकुराइन ९मालिक०का रुपमा पुज्ने गरेको विक्रमबाबालाई पछिल्लो समय सबै जातजातिले पुज्ने गरेका हुन् । चितवन राष्ट्रिय...

भरतपुरका २ सय ८९ कैदी बन्दीको निःशुल्क आँखा परीक्षण
-न्युजभित्तो

चितवन, १३ चैत । भरतपुर कारागारका कैदी तथा बन्दीहरुले निःशुल्क आँखा परिक्षण गराएका छन् । नेत्रज्योति संघ चितवनको ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार भरतपुर आँखा अस्पतालले २ सय ८९ जना बन्दीको निःशुल्क आँखा परिक्षण गरेको हो । आँखा परिक्षणपछि...

मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम
-न्युजभित्तो

चितवन, १३ चैत । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विगत छ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा...

चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे
-न्युजभित्तो

चितवन, १३ चैत । गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । रत्ननगर नगरपालिकाका...

कोइला बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु, सहचालक घाइते
-न्युजभित्तो

चितवन, १२ चैत । मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित...

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
-न्युजभित्तो

चितवन, ११ चैत । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय...

भरतपुर–१५मा रासायनिक विषादी प्रयोग कर्ताको अभिलेख राख्न सुरु
-न्युजभित्तो

चितवन, ८ चैत । कृषि बालीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि भरतपुरमा विषादी प्रयोगकर्ताको विवरण लिन थालिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर–१५ले विषादी न्यूनिकरणका लागि विषादी प्रयोग गर्ने किसानको विवरण संकलन गर्न थालेको हो । कृषि बालीमा प्रयोग गरिने...