सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र ३ महिनासम्म जिप सफारी बन्द हुने


  •    न्युजभित्तो/९ असार २०८२, सोमबार ११:४३ 
  • चितवन, ९ असार । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।

    गत वर्ष असोजमा बाढी आएका कारणले जिप सफारी सञ्चालन गर्न समय लागेको थियो । बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ ।बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरु पन्छाउने र विभिन्न पुलहरुको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।

    वर्षायाममा पानी बढी हुने, खोला खोल्सा बढ्ने, रुखहरु ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवम् जंगली जनावरहरुसमेत नदेखिने कारणले निकुञ्जले जीप सफारी हरेक वर्ष बन्द गर्दै आएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । निकुञ्ज भित्र जीप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिकवबनहरुमा भने जीप तथा हात्ती सफारी यथावत नै सञ्चालन हुन्छ ।

    निकुञ्जभित्र हात्ती सफारी भने अरु समयमा पनि गर्न पाइँदैन । बर्खाका तीन महिना जिप सफारी बन्द भए पनि जंगल वाक भने रोकिँदैन । निकुञ्जले हरेक वर्ष जिप सफारीबाट करोडौं रकम आम्दानी गर्दै आएको छ । निकुञ्ज घुम्न आउने अधिकांश विदेशी पर्यटकहरुले जिप सफारी गर्ने गर्दछन् । नेपालीहरुको पनि आर्कषण उस्तै छ ।

    चितवन निकुञ्जमा वर्षमा औंसत दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने तथ्याङ्क छ । निकुञ्जले प्रतिजिप प्रवेश शुल्क ५ हजार, विदेशी पर्यटकले प्रवेश शुल्कवापत २ हजार, सार्क मुलुकका पर्यटकले एक हजार र नेपालीलाई १५० रुपैयाँ लिदै आएको छ । सौराहा क्षेत्रबाट ३०, कसाराबाट १० वटा यस्तैं मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् । एउटा जिपमा १० जनासम्म अट्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.