मदन जयन्तीमा दासढुंगामा फाउण्डेशन र युवा संघद्वारा वृक्षारोपण
न्युजभित्तो/१४ असार २०८२, शनिबार १२:४९
चितवन, १४ असोज । जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर चितवनको दासढुंगामा वृक्षारोपण गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवन र राष्ट्रिय युवा संघ भरतपुरले छुट्टाछुट्दै स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेका हुन् ।
फाउण्डेशनले दासढुंगाको माथिल्लो भागमा वृक्षारोपण गरेको छ । फाउण्डेशनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईका अनुसार आँप, लिची, अम्बा, अमला, कागती, कोईराला, चिउरी, जामुन, तेजपात, बडहर, बेल, लप्सी, निम लगायतका विरुवा रोपिएको थियो । फाउण्डेशनले नवनिर्मित भवन प्राङ्गणमा एक सय १० वटा विरुवा रोपेको बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले जानकारी दिनुभयो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले नेताहरु प्रभात बराल, दावा लामा, कृष्णभक्त पोखरेल, हरि सापकोटा, कमल पाठक, श्याम बिष्ट, प्रकाश ढुंगाना लगायत सहभागी हुनु भएको थियो ।
यसैगरी राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले दासढुंगाको पार्क वरपरको क्षेत्रमा वृक्षारोपण गरेको छ । अध्यक्ष राम कार्कीका अनुसार विभिन्न फलफूल, सुगन्धित फूल प्रजातिका विरुवाहरु रोपएको हो । सो अवसरमा दुई सयभन्दा बढी विरुवा रोपिएको उपाध्यक्ष सागर बम्जनले जानकारी दिनुभयो ।
सो अवसरमा एमाले नेताहरु देवी ज्ञवाली, प्रभा बराल, दावा लामा, कृष्णभक्त पोखरेल, हरि सापकोटा, कमल पाठक मदन भण्डारी फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, श्याम बिष्ट, प्रकाश ढुंगाना सहभागी हुनुहुन्थ्यो । युवासंघका केन्द्रीय सदस्य अमृता भट्टराई, शंकर अधिकारी, पूर्व केन्द्रीय सदस्य शिवु ढकाल लगायत ठूलो संख्यामा युवा तथा पार्टी नेता कार्यकर्ताको सो अवसरमा उपस्थिति थियो ।
जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा सामान्य कृषक परिवारमा उहाँको जन्म भएको थियो ।
बि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जननेता भण्डारी सहित तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप रहस्यमय ढुंगबाट दुर्घटना परी उहाँहरुको निधन भएको थियो । मदन आश्रित दुर्घटनास्थललाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मदन भण्डारी फाउण्डेशन लगायत एमाले र जनवर्गीय संगठनहरुले दासढुंगामा विभिन्न विकास निर्माण र रचनात्मक कार्य गर्दै आएका छन् ।