चितवन सेरोफेरो

सुक्नथाले रोपो : नारायणी लिफ्टले तानेको पानी पर्याप्त भएन
-न्युजभित्तो

सनद अधिकारी नारायणगढ (चितवन), ८ साउन । साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली...

एक वर्षमा ८३ वन्यजन्तु मरे
-न्युजभित्तो

चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८...

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
-न्युजभित्तो

भरतपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।  सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । त्यसैगरी...

चितवन राष्ट्रिय निकुञ्जकोे एक वर्षमा दुई करोड राहत
-न्युजभित्तो

चितवन, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा रु एक करोड ८२ लाख ६१ हजार ७७० राहत प्रदान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने जनतालाई सो राहत रकम वितरण गरिएको हो । ७२२ घटनामा...

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग
-न्युजभित्तो

चितवन, ७ साउन । अमेरिकामा हुर्किएका १७ वर्षीय साभर थापा शाहीले चितवनका विकट भेगका २७५ विद्यार्थीका लागि पोसाक, शैक्षिक र स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । उहाँले करिब रु पाँच लाखभन्दा बढीको सामग्री सहयोग गर्नुभएको हो । भौगोलिक विकटतासँगै आर्थिक...

विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ साउन । विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिनुभएको छ । उनीहरुमध्ये १२० जनालाई उहाँले निःशुल्क तालिम दिनुभएको हो । भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा...

ओली नेतृत्वको विकल्प छैनः नेता थपलिया
-न्युजभित्तो

काठमाडौं, ७ साउन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षार्थ केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताउनुभएको छ। काठमाडौंमा सम्पन्न एमालेको दुईदिने केन्द्रीय समिति बैठकमा नेता थपलियाले पार्टीभित्र ऐक्यबद्धता र...

निर्वाचनमा गठबन्धन गर्न हुँदैनः महामन्त्री थापा
-न्युजभित्तो

चितवन, ७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान...

छोरी भेट्न गएका प्रजा मृत भेटिए
-न्युजभित्तो

भरतपुर (चितवन), ७ साउन । चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए...

एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे
-न्युजभित्तो

चितवन, ६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताउनुभयो । उहाँले...