सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो


  •    न्युजभित्तो/२९ भाद्र २०८२, आईतवार १६:०५ 
  • चितवन, २९ भदौ । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ । नेपालीको महान् पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छ्याउने कामलाई तीव्रता दिइएको हो ।
    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । उहाँले भन्नुभयो, “जीप सफारीका लागि ९० किलोमिटर सडक मर्मतको काम भइरहेको छ ।” 
    सो सडक क्षेत्रमा भएको झाडी पन्छ्याउने काम पनिसँगै गरिएको उहाँले जानकारी दिनुभयो । सौराहादेखि कुजौली घाटसम्मको जिप सफारी गरिने सडक मर्मतको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
    निकुञ्जले गत असार १६ गतेदेखि बन्द गरेको जिप सफारी चाडपर्वमा आउने पर्यटक लक्षित गर्दै सञ्चालनको तयारी गरेको हो । निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि सामुदायिक वनमा भने बन्द गरिएको छैन । मगरका अनुसार अहिले ९० किलोमिटर सडकभित्र पर्ने पुल मर्मत, सडकका अवरोध हटाउने काम भइरहेको छ ।
    निकुञ्जभित्र जिप सफारीबाट पर्यटकले डुमरीया, लामि ताल, तमोर ताल, घडीयाल प्रजनन केन्द्र, बाघ मचान, सुखिभार, भिम्ले, टाइगर टप्स, बागमारा, खोरीया मुहानहँुदै देवी तालसम्म वन्यजन्तु अवलोकन गर्ने गर्दछन् । चितवन र नवलपरासी आउने पर्यटकको मुख्य आकर्षक निकुञ्ज सफारी हो । यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.