सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने’


  •    न्युजभित्तो/३० भाद्र २०८२, सोमबार १०:२७ 
  • चितवन, ३० भदौ । गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालय, महानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा कार्यालय आगलागी र तोडफोडबाट क्षतिग्रस्त भएका छन् ।

    उहाँका अनुसार तथ्याङ्क लिने काम भइरहेकाले एकीन तथ्याङ्क आउन केही समय लाग्ने छ । सो क्रममा तीन पार्टी कार्यालयमा क्षति पुगेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

    नेता, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, पत्रकार, सञ्चारगृहमा तोडफोड र आगजनी भएका छन् । निजी घरहरुमा भएको तोडफोडको सङ्ख्या एकीन तथ्याङ्क आइनसकेको उहाँले जानकारी दिनुभयो । जलेर कार्यालय ध्वस्त भएका कार्यालय सरसफाइ गर्न थालिएको छ । ती कार्यालय परिसरमा बसेर कर्मचारीले मिल्नेजति सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

    उहाँले भन्नुभयो “ सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने गरिएको छ ।”

    कैदीबन्दी फर्किने क्रम जारी

    यसैगरी जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी रहेको छ । हालसम्म तीन सय जना कैदीबन्दी फर्किएका छन् । १४ जना अन्य कारागारकासमेत यहाँ सम्पर्कमा आएका छन् । कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका सात सय ५० जनामध्ये ५० जना बाहेक अरु सम्पर्कमा छन् । आएकामध्ये २७ महिला हुन् भने बाँकी पुरुष हुन् । कारागारमा ४६ महिला कैदीबन्दी थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.