चितवन सेरोफेरो

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
-न्युजभित्तो

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा...

चितवनमा कोरोना संक्रमित घट्दै
-न्युजभित्तो

चितवन, १२ मंसिर । कुनै समय जिल्लाका अस्पताल भरिभराउ हुने गरी फैलिएको कोरोना (कोभिड १९) संक्रमण विस्तारै कम हुँदै गएको छ । हाल जिल्लामा रहेका कोरोना संक्रमित मध्ये १२ जना मात्रै अस्पतालमा रहेका छन् । जिल्लामा हाल रहेका १४४...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए
-न्युजभित्तो

काठमाडौं,  ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् । मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो । ...

गाउँमै रोजगारी: परिवारमा खुशीयाली
-न्युजभित्तो

-तारानाथ आचार्य बलेवा, ११ माघ । बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्कनुहुन्छ । एक महिनादेखि उहाँको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उहाँलाई...

भरतपुरको सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडक प्रधानमन्त्री ओलीले शिलन्यास गर्ने
-न्युजभित्तो

भरतपुर, ११ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरका दुई विकास आयोजना शिलन्यास गर्नुहुने भएको छ । यही माघ १७ गते शिलन्यास हुने भएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह...

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
-न्युजभित्तो

गलकोट, ११ माघ । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१...

देवर–भाउजूको मृत्यु
-न्युजभित्तो

महेन्द्रनगर, ११ माघ । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका...

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण
-न्युजभित्तो

कञ्चनपुर, ११ माघ । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो । भीमदत्तले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको...

सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ
-न्युजभित्तो

सर्लाही, ११ माघ । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । मिश्रलाई कविलासी...

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
-न्युजभित्तो

चितवन, ११ माघ । जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका...