सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमित घट्दै


  •    न्युजभित्तो/१२ माघ २०७७, सोमबार ११:४१ 
  • चितवन, १२ मंसिर । कुनै समय जिल्लाका अस्पताल भरिभराउ हुने गरी फैलिएको कोरोना (कोभिड १९) संक्रमण विस्तारै कम हुँदै गएको छ । हाल जिल्लामा रहेका कोरोना संक्रमित मध्ये १२ जना मात्रै अस्पतालमा रहेका छन् । जिल्लामा हाल रहेका १४४ जना सक्रिय संक्रमित मध्ये १२ जना अस्पतालमा रहेका हुन् । संक्रिय संक्रमित मध्ये १३२ जना होम आईसोलेसनमा रहेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आईतबारसम्म जिल्लामा ६ हजार ६५६ जना संक्रमित पुगेका छन् । संक्रमित मध्ये १०४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    हालसम्म ४१ हजार ६७२ जनाको स्वाब परीक्षण गरिएको छ । हालसम्म संक्रमित मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका रहेका छन् । जहाँका ४ हजार ७८९ जना संक्रमित हुन् । यसैगरी रत्ननगरका ७७६ जना, खैरहनीका ४०४ जना, राप्तीका ३१९ जना, कालिकाका १८९ जना र ईच्छाकामनाका १८९ संक्रमित भएका छन् । संक्रमित मध्ये ३ हजार ९५५ जना पुरुष र २ हजाार ६९८ महिला रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.