सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि


  •    न्युजभित्तो/११ चैत्र २०८२, बुधबार १५:४९ 
  • चितवन, ११ चैत । पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ ।

    रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पु¥याइएको जानकारी दिएको छ । सौराहाको गैँडाचोकस्थित छत्री स्ट्रिटमा महोत्सव आयोजना गर्न लागिएको रेवानका महासचिव नवीन नेपालले जानकारी दिनुभयो ।

    ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको फेस्टिबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसअघि प्रणय दिवसका अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम निर्वाचन गतिविधिका कारण स्थगित गरिएको थियो । सुरक्षा, सहभागिता र व्यवस्थापनमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको महोत्सवका संयोजक कृष्णप्रसाद खतिवडाले बताउनुभयो ।

    उन्नाइस वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फुड फेस्टिबलले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।

    महोत्सवका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै ‘वेटर–वेट्रेस’ प्रतियोगिता रहने संयोजक खतिवडाले जानकारी दिनुभयो ।

    महोत्सवका लागि रु ६० लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सव अवधिमा करिब रु एक करोड कारोबार हुने अपेक्षा गरिएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरुसँग छलफल
    यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
    खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड
    • लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
    • शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
    • कामपाले दश वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
    • कर्मचारीका लागि योग तथा तनाव व्यवस्थापन शिविर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.