सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने


  •    न्युजभित्तो/१२ चैत्र २०८२, बिहीबार १४:०३ 
  • चितवन, १२ चैत । जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन ।

    शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षामा सामुदायीक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन लागेका हुन ।

    यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका १० , रत्ननगरकै गायत्री बेद विद्या गुरुकुलमका १४ , भरतपुरको बैकुण्ठ प्रम बैद्धिक बिद्या प्रतिष्ठानका ७ र भरतपुरको परभानन्द स्मृति बैद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परिक्षामा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ , देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यामिक बिद्यालयका ११ जना बिद्यार्थी सहभागी हुने छन् ।

    एकाईका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ विद्यालयका १२ हजार ३४९ जना विद्यार्थी परिक्षामा सहभगी हुँदै छन् । यस मध्ये १० हजार ५०० जना नियमित हुन भने १ हजार ८४९ ग्रेड बृद्धिका बिध्यार्थी रहेको उहाँले बताउनु भयो । परीक्षामा सहभागी हुने मध्ये प्राबिधिक धारका ३४४ जना, धार्मिक विद्यालयका ११० जना, दृष्टि विहीन ३ जना, सुस्तश्रवण ८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

    उहाँका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थीहरुले परीक्षामा सहभागी हुने छन् । ३४ सामुदायिक बिद्यालय र ८ ा संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष नियुक्तिको प्रकृया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको एसईईमा भन्दा यस वर्ष ७ विद्यार्थीकम सहभागी हुन लागेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.