सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बखान’ उपन्यास पुरस्कृत


  •    न्युजभित्तो/१५ चैत्र २०८२, आईतवार १२:२१ 
  • चितवन, १५ चैत । यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’लाई प्रदान गरिएको छ । 

    साहित्य सङ्गम चितवनले यहाँ आयोजित कार्यक्रममा पराजुलीलाई रु २० हजार नगदसहित दोसल्ला, सम्मानपत्रले सम्मान गरेको हो । त्यस अवसरमा वक्ताहरुले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राख्नुभएको थियो । 

    प्राध्यापक डा कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत भएको बताउनुभयो । कार्यक्रममा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईँलगायतले कृतिका बारेमा धारणा राख्नुभएको थियो । 

    साहित्यकार अनिल शर्मा ‘विरही’ले ‘बखान’ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्व झल्काएको बताउनुभयो । पराजुलीका बखानबाहेक तीनवटा कृति प्रकाशित भइसकेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरुसँग छलफल
    यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
    खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड
    • लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
    • शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
    • कामपाले दश वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
    • कर्मचारीका लागि योग तथा तनाव व्यवस्थापन शिविर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.