सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजारी क्षेत्रमा रहेको इन्टरनेटको तारलाई व्यवस्थापन गर्न भरतपुर महानगरको निर्देशन


  •    न्युजभित्तो/२२ फाल्गुन २०८०, मंगलवार १७:०३ 
  • चितवन, २२ फागुन । भरतपुर महानगरपालिकाले महानगरको बजारी क्षेत्रमा रहेको इन्टरनेटको तारलाई तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

    महानगरपालिका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले अव्यवस्थित केवल नेटवर्कका तारहरुलाई तत्काल ब्यबस्थापन गर्न ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएका हुन् ।

    महानगरपालिकाले आज मंगलबार इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग अव्यवस्थित केबल नेटवर्क ब्यबस्थापनका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा कम्पनीका प्रतिनिधिलाई कुनै पनि बहानबाजी नगरी तत्काल कार्यन्वनय गर्न निर्देशन दिएका छन् । सहरी सौन्दर्यीकरण, विपद् न्यूनीकरण जस्ता विषयसँग जोडिएको मुद्दा भएको हुँदा यसमा गम्भीर भएर लाग्न महानगरमा सञ्चालित सबै सेवा प्रदायक कम्पनीलाई उनले आग्रह गरे ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, ८ का अध्यक्ष जिवनाथ कँडेल, ३ का अध्यक्ष बिकास थापा र ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठले महानगर सफाइमा सबै एकजुट भएर लाग्नुपर्ने अवस्था आएको तर्क राखे । सामूहिक रुपमा क्षेत्र छुट्याएर सरसफाइमा लाग्नुपर्ने, सेवा प्रदायक कम्पनीहरुले तार छुट्टाएर मात्र सेवा उपलब्ध गराउनु पर्ने र वडा कार्यालय,विद्युत प्राधिकरण,नेपाल टेलिकम र सेवा प्रदायक कम्पनीबीच समन्वय हुन खाँचो रहेको समेत अध्यक्षहरुले औल्याएका छन् ।

    भरतपुर महानगरपालिकामा अहिले ३० बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरु रहेका छन् । महानगरपालिकाले वडा नम्बर १,२, ३ र १० लाई इन्टरनेटको मुख्य बजार पकेट क्षेत्रको रुपमा लिएको छ ।

    छलफल कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्रका प्रमुख प्रदिप पौडेलले समस्या विद्युत्का तारमा नभई केबल नेटवर्कका तारमा रहेको प्रष्ट पारे । ‘बजार कुरुप हुनुको मुख्य कारण पनि इन्टरनेटका तारहरु नै हो’ पौडेलले भने, ‘अझ त्यसमा अप्टिकल फाइबर मुख्य बाधकको रुपमा रहेको छ ।’

    यता नेपाल टेलिकम भरतपुरका वरिष्ठ इञ्जिनियर चन्दन झाले नगर सफा गर्ने अभियानको थालनी भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘नेपाल टेलिकम बाधक छैन, कुरुप बजारलाई सुन्दर बनाउन हामी तयार छौ ।’

    त्यस्तै भरतपुर महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले कार्ययोजना नै बनाएर केबल तार व्यवस्थापनमा लाग्नु पर्ने धारणा व्यक्त गरे । विद्युत,टेलिकम,सडक,खानेपानी र सेवा प्रदायक कम्पनीहरुले अपनत्व हुने गरी समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले विचार राखे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.