banner news
गोरखा, २६ जेठ । गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका सबै घरको सामूहिक बिमा गरिने भएको छ । पालिकाभित्र विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पअघि बनेका पक्की घर तथा भूकम्पपछि पुनर्निर्माणको मापदण्ड पूरा गरेका सबै घरको बिमा गर्न लागिएको गाउँपालिकाका...
नारायणगढ (चितवन), २६ जेठ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय...
काठमाडौँ, २६ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक...
काठमाडौँ, २६ जेठ । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ९२ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...
गोदावरी (कैलाली), २६ जेठ । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आउनुभएको छ । सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उहाँले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न...
महेन्द्रनगर, २६ जेठ । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ । आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार...
राँझा (बाँके), २६ जेठ । बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ । हाल उहाँको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी छन् । यादव बाँके जिल्लाकै...
काठमाडौँ, २६ जेठ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाउने घोषणा गर्नुभएको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले नारामा मात्र सीमित नभई...
दाङ, २६ जेठ । पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । रु २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
कास्की, २६ जेठ । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोलपम्प लाइनका जग्गाधनीहरूबीच बसपार्क निर्माणका लागि सहमति जुटेको छ । महानगरले सो क्षेत्रका संरचना हटाउने तयारी गरेपछि जग्गाधनीहरूले उच्च अदालतमा महानगरविरुद्ध रिट निवेदन दिएका थिए । सो रिटउपर छलफलका...















