banner news

‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-न्युजभित्तो

चितवन, २६ जेठः चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको...

नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
-न्युजभित्तो

सिमकोट (हुम्ला), २६ जेठ । यहाँको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ०-५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा...

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ, २५ जेठ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताउनुभएको छ ।  बजेटमाथिको नीति संवाद कार्यक्रममा उहाँले निजी क्षेत्रले बजेटलाई...

नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
-न्युजभित्तो

काठमाडौँ, २५ जेठ । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ ।   संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता र खाद्य सुरक्षा...

विश्वविद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
-न्युजभित्तो

भक्तपुर, २५ जेठ । बागमती प्रदेशको राजधानी हेटौँडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरी काठमाडौँ बाहिरका उत्कृष्ट मेडिकल कलेजका रुपमा विकास गर्ने लक्ष्य बोकेर अगाडि बढ्दैछ मदन भण्डारी विज्ञान स्वास्थ्य प्रतिष्ठान...

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ: अभिनेता पीयुष मिश्रा
-न्युजभित्तो

काठमाडौँ, २५ जेठ । भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उहाँ रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै सक्रिय र स्थापित...

सुपारीखेतीमा इलामका किसानको लगाव
-न्युजभित्तो

फिक्कल (इलाम), २५ जेठ । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै...

हरित कर र लगानी बढाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २५ जेठ । राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड दिएका छन् । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १।० ः शेयर द स्कोप, रेज द होप’...

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
-न्युजभित्तो

काठमाडौँ, २५ जेठ । नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो । नेपालभरका २० भन्दा बढी...

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
-न्युजभित्तो

ललितपुर, २५ जेठ । जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।  घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन...