सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार ११:५४ 
  • कास्की, २६ जेठ । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोलपम्प लाइनका जग्गाधनीहरूबीच बसपार्क निर्माणका लागि सहमति जुटेको छ ।

    महानगरले सो क्षेत्रका संरचना हटाउने तयारी गरेपछि जग्गाधनीहरूले उच्च अदालतमा महानगरविरुद्ध रिट निवेदन दिएका थिए ।

    सो रिटउपर छलफलका लागि अदालतले जेठ २६ गते दुवै पक्षलाई बोलाएको थियो । यसअघि अदालतले संरचना नहटाउनका लागि अल्पकालीन आदेश दिएर छलफलमा बोलाएको दिनअघि नै महानगर र जग्गाधनीबीच सहमति जुटेको हो ।

    महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको बताउनुभयो ।

    “जग्गाधनीका तर्फबाट अदालतमा दायर गरिएको रिट फिर्ता लिएर बसपार्क निर्माणकार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी जुटेको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

    सहमतिअनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गरिनेछ । त्यसैगरी, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू जेठ २५ गतेको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ ।

    महानगरले प्रस्तावित बसपार्क क्षेत्रका बनेका संरचनाहरू हटाउनका लागि पटकपटक सूचना जारी गरेको छ । विसं २०३२ मा बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी जमिन अहिले २६ रोपनीमा खुम्चिएको छ ।

    आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधासम्पन्न पोखरा बसपार्क निर्माणको कार्यलाई सहमतिमा नै अघि बढाउने महानगरले जनाएको छ । महानगरले पछिल्लो समय बसपार्क संरचना हटाउनका लागि हिजोसम्मको समय दिएको थियो । यसबीचमा कतिपय जग्गाधनी र भाडामा लगाइएका सटरहरू खाली भएका छन् । बसपार्कमा रहेका सुकुम्बासी र भूमिहीनहरू भने वैकल्पिक व्यवस्थापछि मात्र आफ्ना संरचना खाली गर्ने बसपार्क सरोकार समितिका संयोजक प्रेमबहादुर गुरुङले बताउनुभयो ।

    महानगरले बसपार्ककोे जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको व्यवस्थापनका लागि जमिन खोजी समितिको सिफारिसका आधारमा ‘जमिन प्लट’ मिलान तथा अन्य पूर्वाधार अध्ययनका लागि समिति गठन गरेको छ ।

    “बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका जग्गाहरूमध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको हो । समितिलाई सिफारिस भएका जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने तथा कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गरी सात दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ”, महानगर प्रमुख आचार्यले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.