सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार १२:०१ 
  • राँझा (बाँके), २६ जेठ । बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ ।

    हाल उहाँको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी छन् । यादव बाँके जिल्लाकै मिहिनेती भैँसीपालक किसान बन्नुभएको छ । भैँसीको हेरचाहदेखि दूध सङ्कलन र व्यवस्थापनसम्ममा उहाँका छोराछोरी, बुहारी र नातिनातिनासमेत सक्रिय छन् । 

    तीन पुस्ताको यो सामूहिक प्रयासले उहाँको भैँसीपालन कर्मलाई नमूना बनाएको छ । भैँसीपालन गर्ने पुख्र्यौली पेसामा भविष्य देखेर आफूले अलि व्यवस्थित र विस्तार गरेको रामसुहावनले बताउनुभयो । 

    उहाँको गोठबाट दैनिक करिब चार सय लिटर दूध उत्पादन हुन्छ । दूध कम्दीस्थित मिलनचोक हुँदै नेपालगन्ज बजारसम्म पुग्छ, जसले सहरको ठूलो हिस्साको दूधको माग धान्दै आएको छ । हुन त बाँकेको डुडुवा गाउँपालिकाका हल्कारापूर्वा, कम्दी, सिधनिया र ग्वालापुर गाउँहरू भैँसीपालनका लागि निकै प्रसिद्ध छन् । हल्कारापूर्वा गाउँमा मात्रै छ सयभन्दा बढी भैँसी पालिएका छन् । यस गाउँबाट दैनिक करिब छ सय लिटर दूध नेपालगन्ज बजारमा आपूर्ति हुन्छ ।

    रामसुहावनले राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार २०८२ प्राप्त गरेपछि अहिले हल्करापुर गाउँ नै चर्चामा छ । रु दुई लाख नगदसहितको यो सम्मान बोकेर रामसुहावन गाउँ पुगेपछि उहाँको गोठमात्र नभई, सिङ्गो हल्कारापूर्वा गाउँमै खुसीयाली छाएको छ ।

    “मेरो पुर्खौँदेखिको व्यवसायलाई सरकारले उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कृषक घोषणा गरेपछि अत्यन्त खुसी छु”, यादवले भन्नुभयो । रामसुहावनले प्राप्त पुरस्कार रु दुई लाखसमेत भैँसीपालनकै विस्तारमा लगाउनुभएको छ ।

    पुरस्कार र सम्मानले रामसुहावनलाई उत्साह त दिएको छ, तर नेपालको दुग्ध क्षेत्रको तीतो यथार्थबाट उहाँ पनि अछुतो हुनुहुन्न । उहाँजस्ता थुप्रै किसानले अहिले मिल्क होलिडे र भुक्तानीको ठूलो समस्या झेल्नुपरेको छ ।

    उहाँले दुग्ध विकास संस्थान ९डिडीसी०बाट दूध बिक्रीबापतको करिब रु ३० लाख भुक्तानी पाउन बाँकी छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.