सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भीमसेन थापा गाउँपालिकामा सामूहिक बिमा


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार १२:३३ 
  • गोरखा, २६  जेठ । गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका सबै घरको सामूहिक बिमा गरिने भएको छ । पालिकाभित्र विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पअघि बनेका पक्की घर तथा भूकम्पपछि पुनर्निर्माणको मापदण्ड पूरा गरेका सबै घरको बिमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

    गाउँपालिकाले पालिकाका सबै नागरिकको निजी आवास तथा अन्य सरकारी एवं गैरसरकारी भवनको जोखिम न्यूनीकरणका लागि बिमा गर्ने कार्यक्रम सुरुआत गरिएको उहाँले बताउनुभयो ।

    घरको सामूहिक बिमा गर्न गाउँपालिका र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । “सम्झौतालगत्तै गाउँपालिकाको प्रशासकीय भवनको बीमा गरेर कार्यक्रमको औपचारिक सुरुआत भएको छ”, अध्यक्ष बन्जराले भन्नुभयो, “अब पालिकाभित्रका सबै घर र सरकारी तथा गैरसरकारी भवनको बिमा गरिनेछ ।”

    सामूहिक बिमा गरेका घरहरूमा कुनै पनि प्राकृतिक विपत्ति, आगलागी तथा अन्य जोखिमका कारण क्षति भएमा बिमामार्फत क्षतिपूर्ति रकम भुक्तानी हुनेछ । घर बिमाका लागि पालिकावासीले वडा कार्यालयमार्फत बिमा सेवा लिनसक्ने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    पालिका र बिमा कम्पनीबीच भएको सम्झौतामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर निर्माण गरिएका घर, भूकम्पपछि मापदण्डअनुसार पुनर्निर्माण गरिएका घरलाई बिमाको दायरामा समेटिने उहाँले बताउनुभयो ।

    तर बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका घर तथा खोलानाला, सडक मापदण्डभित्र पर्ने संरचना र पूर्ण रूपमा काठ, टिन र माटोले बनेका घर भने बिमाको मापदण्डभित्र पर्ने उल्लेख छ ।

    गाउँपालिकाले प्रतिघर न्यूनतम वार्षिक २५० रुपैयाँ सम्पत्ति कर लिने र सोहीबाट बिमाका रकमको व्यवस्थापन गर्ने योजना बनाएको प्रसासकीय अधिकृत अधिकारीले बताउनुभयो । “अहिलेसम्म करिब तीन हजार ५०० घरको बिमा हुन्छ भन्ने अनुमान गरिएको छ, बिमापछि प्राकृतिक विपत्तिबाट कुनै घरमा क्षति पुगे अधिकतम रु चार लाखसम्म क्षतिपूर्ति पाउनेछन्”, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार बिमा कम्पनीले घरधनीका नाममा बिमा अभिलेख जारी गर्ने र क्षतिपूर्तिका लागि क्षति पुगेको ३० दिनभित्र बिमा कम्पनीलाई जानकारी गराउनुपर्ने सम्झौता उल्लेख गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस नेता श्रेष्ठको निधन
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
    विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
    • ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय
    • अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.