banner news

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका क्षेत्रमा बनेका जनताका निजी घर नभत्काउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले उक्त राजमार्गका किनारमा बनेका घर तथा त्यहाँ सञ्चालन भएका होटललगायत व्यवसाय प्रभावित...

माडीमा जडीबुटी उद्यान बनाईदै
-न्युजभित्तो

चितवन, २८ जेठ । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा ३०० जडीबुटीका बिरुवा रोपिने छ ।...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा
-न्युजभित्तो

काठमाडौँ, २७ जेठ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उहाँले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता...

‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-न्युजभित्तो

काठमाडौँ, २७ जेठ । स्वास्थ्य बिमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
-न्युजभित्तो

कास्की, २७ जेठ । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ ।  आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
-न्युजभित्तो

भोजपुर, २७ जेठ । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन् । गाउँपालिकाले दुई चरणमा गरी कुल तीन सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । पौवादुङमा गाउँपालिका–३ की किसान लीलामाया सुनारले...

रेग्मी व्यावसायिक मौरीपालनमा
-न्युजभित्तो

वालिङ (स्याङ्जा), २७ जेठ । मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ ।  उहाँ झन्डै १९ वर्ष विदेश बस्नुभएको थियो ।  उहाँले ‘रेग्मी बहुउद्देश्यीय कृषि...

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
-न्युजभित्तो

रसुवा, २७ जेठ । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ । बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
-न्युजभित्तो

काठमाडौँ, २७ जेठ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ । सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्तिसम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी...

चेक अनादर मुद्दामा फरार रहेका नेपाल पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान...