सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘औषधिको गुणस्तरमा भिन्नता छैन’


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार १५:५८ 
  • काठमाडौँ, २७ जेठ । स्वास्थ्य बिमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो ।

    नेपाल औषधि लिमिटेडबाट गरिएको प्रयोगशाला परीक्षणबाट मुटुरोग र मधुमेहका औषधिहरूको प्रभावकारिता र भौतिक गुणस्तरमा कुनै ‘क्लिनिकल’ भिन्नता नभेटिएको प्रतिवेदनले पुष्टि गरेको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार बजारमा धेरै चल्ने औषधिहरू सङ्कलन गरी तीनको उत्पादक कम्पनी र स्रोत (बिमा वा निजी) को पहिचान लुकाएर परीक्षणका लागि पठाइएको थियो । 

    उच्च रक्तचाप र मुटुरोगमा व्यापक प्रयोग हुने ‘एम्लोडिपिन ५ एमजी’ र मधुमेहका बिरामीले प्रयोग गर्ने ‘मेटफर्मिन एचसीएल ५०० एमजी’ को नमूना जाँच गरिएको थियो । 

    उच्च रक्तचापको औषधि एम्लोडिपिनतर्फ बजारका फार्मेसी र स्वास्थ्य बिमा प्रणाली दुवैका नमूनामा औषधिको शक्ति (पोटेन्सी) प्रतिशत मापदण्ड भित्रै पाइएको छ । त्यसैगरी, औषधिको समान उपलब्धता (कन्टेन्ट युनिफर्मिटी) र घुलनशीलता (डिजोलुसन)मा समेत दुवै नमूना उत्कृष्ट पाइएका छन् ।

    मधुमेहको उपचारमा प्रयोग हुने मेटफर्मिनको ‘सस्टेन्ड रिलिज म्याट्रिक्स’ (शरीरमा बिस्तारै औषधि घुल्ने प्रक्रिया) दुवै औषधिमा उत्तिकै प्रभावकारी रूपमा सञ्चालित भएको पाइएको छ ।

    औषधि शरीरमा घुल्ने प्रक्रियाका विभिन्न चरणहरू एक घण्टा, तीन घण्टा र १० घण्टामा दुवै नमूनाले लगभग सँगसँगै र समान परिणाम देखाएका छन । यसले गर्दा दुवै औषधिले शरीरमा गर्ने काम र तिनको प्रभावकारितामा क्लिनिकल रूपमा कुनै पनि फरक नरहेको प्रतिवेदनमा उल्लेख छ ।

    नेपाल औषधि लिमिटेडका क्वालिटी असुरेन्स इञ्चार्ज हिना श्रेष्ठकाअनुसार ल्याब परीक्षणको अन्तरराष्ट्रिय प्रोटोकल र फर्माकोपिया (औषधिसम्बन्धी आधिकारिक निर्देशिका)को मापदण्ड पालना गरेर यो विश्लेषण गरिएको हो । 

    फर्माकोपियाले तोकेको सीमा, रसायनको मात्रा र निश्चित विधिहरू अवलम्बन गर्दै अत्याधुनिक उपकरणको प्रयोग गरी औषधिहरूको परीक्षण गरिएको थियो । ती सबै परीक्षणमा दुवैतर्फका औषधिहरू तोकिएको मापदण्डभित्रै पूर्ण रूपमा सुरक्षित, सबल र समान गुणस्तरका पाइएकाले यो प्रतिवेदनले बीमाको औषधिको उच्च स्तरलाई वैज्ञानिक रूपमै प्रमाणित गरेको बताइएको छ । 

    “स्वास्थ्य बिमाको औषधि कमसल हुने र यसले काम गर्दैन भन्ने गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले यो विशेष अनुसन्धान प्रक्रिया अघि बढाएको हो”, प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले भन्नुभयो ।    

    अनुसन्धानको निष्पक्षता कायम राख्न कम्पनीको ब्रान्ड र नाम गोप्य राखेर गरिएको यस परीक्षणले बिमा र निजी बजारका औषधिमा कुनै भिन्नता नदेखाएकाले बिमाको औषधिप्रति शङ्का नगर्न र भ्रममा नपर्न सचिवालयले जनतालाई आग्रह गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा
    ‘औषधिको गुणस्तरमा भिन्नता छैन’
    पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
    • ‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
    • रेग्मी व्यावसायिक मौरीपालनमा
    • बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
    • सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.