सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार १४:०९ 
  • कास्की, २७ जेठ । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ । 

    आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बिमा गरिदिएको हो ।

    दैनिक जीविकोपार्जनमै सङ्घर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

    विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बिमा सुविधा उपलब्ध गराइएको हो ।

    वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियानअन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताउनुभयो । “दुर्घटना वा अन्य अप्रत्यासित घटनाले विपन्न परिवारलाई झन् ठूलो समस्यामा पार्ने गर्दछ । त्यस्ता परिवारलाई न्यूनतम आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले जीवन बिमा कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

    म्यादी जीवन बिमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक रु २५० बिमा शुल्कमा रु एक लाखसम्म उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले रु एक लाख ५० हजारसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० हजार बजेट विनियोजन गरेको थियो ।

    न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताउनुभयो । वडाले बिमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बिमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको छ । 

    सहभागीलाई बिमाले आकस्मिक जोखिम व्यवस्थापन, परिवारको भविष्य सुरक्षा तथा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुर्याउने विषयमा जानकारी दिइएको थियो ।

    बिमा सेवाबाट वञ्चित समुदायलाई सुरक्षाकवच प्रदान गर्ने  भएकाले अन्य वडालाई यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने विश्वास गरिएको वडाध्यक्ष बास्तोला बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा
    ‘औषधिको गुणस्तरमा भिन्नता छैन’
    पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
    • ‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
    • रेग्मी व्यावसायिक मौरीपालनमा
    • बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
    • सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.