सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेग्मी व्यावसायिक मौरीपालनमा


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार १४:०१ 
  • वालिङ (स्याङ्जा), २७ जेठ । मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ ।  उहाँ झन्डै १९ वर्ष विदेश बस्नुभएको थियो । 

    उहाँले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय सुरु गर्नुभएको छ । रेग्मीको फर्ममा १५० घार मौरी पुगेका छन् । 

    रेग्मीले प्रतिगोला रु ८०० का दरले माहुरी बिक्री गर्नुहुन्छ । यस वर्ष उहाँले रु आठ लाख आम्दानी गर्नुभएको छ । 

    “मैले मौरीको गोलामात्रै प्रतिफ्रेम रु ८०० का दरले बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “ग्राहकले आफ्नै घार ल्याउनुहुन्छ, मैले उक्त घारमा पाँच फ्रेमका दरले मौरी उपलब्ध गराउँछु ।” 

    “मैले महभन्दा पनि मौरीका कीरा नै बिक्रीलाई प्राथमिकता दिएको छु”, उहाँले भन्नुभयो, “एक वर्षमा झण्डै २०० भन्दाबढी घार बिक्री हुने गरेको छ ।” उहाँले एक घारमा पाँच फ्रेम मौरी राखेर रु चार हजारमा बिक्री गर्दै आउनुभएको छ ।

    चापाकोट नगरपालिकाले रेग्मीलाई मौरीपालनका लागि रु एक लाख अनुदानसमेत उपलब्ध गराएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.