सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार १३:५७ 
  • रसुवा, २७ जेठ । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।

    बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो । हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणको सफाइसमेत सम्पन्न गरिएको छ ।

    बाढीले कटान गरेको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युत्गृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माणकार्य जारी छ ।

    आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक रूपले उत्पादन सुरु गरेको थियो । तर २०८२ असार २४ गतेको बाढीले बाहिरी सतहको ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको बताइएको छ । त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको थियो ।

    करिब रु २३ अर्ब ७३ करोड लागतमा आयोजना निर्माण भएको थियो । आयोजनामा चार दशमलव आठ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत्गृहमा पुर्याइन्छ । त्यहाँ जडान गरिएका तीनवटा फ्रान्सिस टर्बाइनबाट अधिकतम एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा
    ‘औषधिको गुणस्तरमा भिन्नता छैन’
    पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
    • ‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
    • रेग्मी व्यावसायिक मौरीपालनमा
    • बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
    • सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.