सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेक अनादर मुद्दामा फरार रहेका नेपाल पक्राउ


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार १३:४५ 
  • काठमाडौँ, २६ वैशाख । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

    वादी युवराज खत्री र प्रतिवादी निज फणिन्द्र नेपाल भएको चेक अनादर मुद्दा (०७७–सी४–१६१५) मा काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका निजलाई बूढानीलकण्ठ–१० कटारी बस्तीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।

    पक्राउ परेका नेपाललाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

    राजस्व दाखिला

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ३३७ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा रु २१ लाख १८ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    जसअनुसार मादकपदार्थ सेवन गरेका ७५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका एक सय २७, सङ्केत बत्ती उल्लङ्घनकर्ता एक सय ३८ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका एक सय ४८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ७०, निषेधित क्षेत्रमा हर्न बजाउने दुई सय ५०, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने एक सय ३८, एकतर्फी सडकमा सवारी चलाउने एक सय ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.