banner news

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ: प्रदीप ज्ञवाली
-न्युजभित्तो

गुल्मी, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताउनुभएको छ । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले...

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै
-न्युजभित्तो

वालिङ (स्याङ्जा), २० पुस । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो । नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित...

नेपालगञ्जमा घरेलु औद्योगिक प्रदर्शनी हुँदै
-न्युजभित्तो

राँझा (बाँके), २० पुस । बाँकेमा स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार र पर्यटन विकास गर्ने उद्देश्यका साथ घरेलु औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखाको...

प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट
-न्युजभित्तो

काठमाडौँ, २० पुस । प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।  महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते...

बालबालिकालाई न्यानो कपडा वितरण
-न्युजभित्तो

गोरखा, २० पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका...

एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
-न्युजभित्तो

गण्डकी, २० पुस । प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका...

हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड
-न्युजभित्तो

जानकी (बाँके), २० पुस । बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले विस्तारै...

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै
-न्युजभित्तो

काठमाडौँ, २० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा...

आजको मौसम पूर्वानुमान: तराईमा हुस्सु, हिमालमा हिमपात
-न्युजभित्तो

काठमाडौँ, २० पुस । आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु÷कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका...

स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’
-न्युजभित्तो

तेह्रथुम, २० पुस । वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी...