सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १२:५९ 
  • गण्डकी, २० पुस । प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी र पर्वतका राजकुमार निरञ्जन सुनिए ।

    कविहरूले विभिन्न विषय र मुद्दामा प्रगतिशील धारका कविता प्रस्तुत गरे । गोष्ठीमा वाचित कविताले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो रहेको सन्देश दिएको साहित्यकार नारायण मरासिनीले बताउनुभयो । कविताले नेपाली समाजको प्रतिनिधित्वमात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको उहाँको भनाइ छ ।

    प्रलेस गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिनुभयो । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै उहाँले गण्डकी प्रदेशका नवपुस्ताका कविहरूको प्रस्तुति आशालाग्दो देखिएको बताउनुभयो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

    आफूले के लेख्दैछु, किन र कसका लागि लेख्दैछु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने उहाँको भनाइ छ । गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका कविका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रगतिशील कविताको जगेर्ना र उत्थानमा टेवा पुर्याउन प्रदेशस्तरीय कवि गोष्ठीको आयोजना गरिएको प्रलेस गण्डकीका अध्यक्ष प्रा डा यदुनन्दन उपाध्यायले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.