सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्जमा घरेलु औद्योगिक प्रदर्शनी हुँदै


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १५:१२ 
  • राँझा (बाँके), २० पुस । बाँकेमा स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार र पर्यटन विकास गर्ने उद्देश्यका साथ घरेलु औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आयोजना हुने भएको छ ।

    नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखाको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका-१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा यही पुस ३० गतेदेखि आगामी माघ १० गतेसम्म आठौँ ‘प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव-२०८२’ आयोजना गर्ने तयारी गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक समरबहादुर खत्रीले जानकारी दिनुभयो ।

    “महोत्सवमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्वदेशी वस्तुको प्रदर्शनी, कृषि, वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्यासलगायत सामग्रीका २०० भन्दाबढी प्रदर्शनी कक्ष रहनेछन्”, उहाँले भन्नुभयो, “स्थानीय पर्यटकीय गन्तव्यको जानकारीमूलक प्रस्तुति, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्री, नवीनतम सूचना प्रविधिका सामग्री प्रदर्शनीमा राखिनेछन् ।”

    मेलामा बैंक तथा वित्तीय संस्था र सेवा प्रदायक संस्थाका सेवासुविधाका बारेमा जानकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका उत्पादन, बालउद्यान, ‘फुडकोर्ट’, थारू समुदायका मौलिक परिकार, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति पनि आकर्षणका रूपमा रहने खत्रीले बताउनुभयो ।

    दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय कलासंस्कृतिको पहिचान र स्वदेशी उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान दिने आयोजक मूल समितिका सहसंयोजक विष्णुप्रसाद खनालले विश्वास व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको आयोजना तथा महिला उद्यमी समितिको सहआयोजनामा हुने महोत्सवमा नेपालगञ्ज उपमहानगरपालिका, महासङ्घका विभिन्न पालिका समिति, सरकारी तथा गैरसरकारी निकायको सहयोग रहनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.