सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकालाई न्यानो कपडा वितरण


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १३:०१ 
  • गोरखा, २० पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको हो । जसअन्तर्गत माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३, माझथर मावि माझथरका ३६५ र भगवती आधारभूत विद्यालय मान्द्रेका ७६ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

    त्यसैगरी, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७, मूलदेवी आधारभूत विद्यालय ग्याजी हुडिफाँटका ३३, धर्मवती आधारभूत विद्यालय भालुस्वाराका १३ र नारदपोखरी आधारभूत विद्यालय तुम्सिकाका सात बालबालिकालाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष भट्टको भनाइ छ ।

    जाडोयाममा पहाडी ग्रामीण भेगका बालबालिकालाई न्यानो लुगाको अभावमा विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको हो । तीन दिनसम्म प्रत्येक विद्यालय नै पुगेर कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

    अघिल्लो वर्ष न्यानो कपडा वितरण नभएका विद्यालय छनोट गरेर यस वर्ष न्यानो कपडा वितरण गरिएको हो । पर्यटन व्यवसायीसमेत रहनुभएका समाजसेवी ठाकुर धिताल र बारपाक सलिकोटका नरबहादुर गुरुङको विशेष पहलमा संस्थासँग समन्वय गरेर बालबालिकालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.