सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १५:१४ 
  • वालिङ (स्याङ्जा), २० पुस । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।

    नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो खण्डलाई प्रयोग गर्न सकिने भएको नगरपालिकाका इञ्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आँधीखोला र अर्मादीखोलाको दोभानमा पुल निर्माण हुने भएपछि वालिङ बजारबाट दैनिक वालिङ सरसफाइ केन्द्रमा आवतजावत सजह हुनेछ ।

    “पुल सम्पन्न भएसँगै नगरको बजार क्षेत्रबाट दैनिक सङ्कलन हुने कुहिने, नकुहिने, सिसाजन्य तथा दिशाजन्य फोहोर सरसफाइ केन्द्रमा लैजान सहज हुनेछ”, उहाँले भन्नुभयो, “साथै सिद्धार्थ राजमार्गको वैकल्पिक सडकका रूपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । यसले सर्वसाधारणलाई आवागमनमा सहज बनाउनुका साथै समय र खर्च बचत गर्ने अपेक्षा गरेका छौँ ।”

    पुल निर्माणका लागि डिएसएमवाइ जेभीसँग विसं २०८३ जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी रु तीन करोड ३७ लाखको लागतमा ठेक्का सम्झौता भएको इञ्जिनियर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा स्पानमा निर्माण हुने उक्त पुलको लम्बाइ २५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव ४० मिटर हुनेछ । अहिले पुलको फाउण्डेसन निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।

    हिउँदमा खोलाबाटै गाडी वारपार गरे पनि वर्षायाममा समस्या हुने तथा दैनिक ढुवानीका साथै फोहरमैलाका गाडी अन्यत्रबाट घुमाएर लानुपर्ने बाध्यता थियो । वर्षायाममा खेतीकिसानी गर्ने किसानले ट्रयाक्टर लैजान तथा अन्य साधन लिएर जान आउन पनि समस्या हुँदै आएको थियो ।

    वालिङ बजारबाट सरसफाइ केन्द्रसम्म आवतजावतका लागि अर्मादी र मिर्दीखोला छन् । यस वर्ष अर्मादी खोलामा पक्की पुल बने पनि मिर्दी खोलाबाटै सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

    वर्षाका समयमा पनि आँधीखोला करिडोरमा निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्ने उद्देश्यले यहाँ पुल निर्माण थालिएको बताउँदै इञ्जिनियर रेग्मीले आगामी आर्थिक वर्षमा मिर्दीखोलामा पनि पक्की पुल निर्माण गर्न ठेक्का लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । 

    आँधीखोलाको किनारैकिनार भएर गएको आँधीखोला करिडोरमा पुल निर्माण भएपछि आँधीखोलाको किनार, अर्मादीखोला र मिर्दीखोलाको किनारमा फैलिएका खेतीयोग्य भूमिमा उब्जाउ भएका कृषिजन्य वस्तु तथा नदीजन्य सामग्री करिडोर हुँदै ढुवानी गर्न सकिनेछ । करिडोर पूर्णमा रूपमा सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग तथा वालिङ बजारभित्रका सडकमा सवारी चाप कम हुने देखिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.