banner news

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
-न्युजभित्तो

पाल्हीनन्दन (नवलपरासी), २१ पुस । अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन् ।  पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताउनुभयो । उहाँले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आउनुभएको छ ।  उहाँका अनुसार...

मधेस सबै समुदायको साझा घर होः मुख्यमन्त्री यादव
-न्युजभित्तो

जनकपुरधाम, २१ पुस । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामथ्र्य र शक्ति भएको बताउनुभयो । उहाँले मधेसको वास्तविक शक्ति एकतामा रहेको...

शतायु खड्गबहादुरको दीर्घायु कथा: न चासो, न गुनासो
-न्युजभित्तो

गलेश्वर (म्याग्दी), २१ पुस । शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ । विसं...

महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि...

सुमो दुर्घटना: मृतक छ जनामध्ये पाँच जनाको सनाखत
-न्युजभित्तो

बागमती, २१ पुस । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका...

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता
-न्युजभित्तो

म्याग्दी, २१ पुस । कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी...

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
-न्युजभित्तो

दमौली (तनहुँ), २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार...

मौसमी फ्लुका बिरामी बढ्यो
-न्युजभित्तो

विराटनगर, २१ पुस । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले...

आमचोकमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालन
-न्युजभित्तो

भोजपुर, २१ पुस । यहाँको आमचोक गाउँपालिकाले सामूहिक कृषिको अवधारणालाई व्यवहारमा उतार्दै १२० रोपनी क्षेत्रफलमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालनमा ल्याएको छ । स्थानीय किसानलाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको...

सातदशकपछि नागरिकता पाउँदा…
-न्युजभित्तो

खोटाङ, २१ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनुभएको छ । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभएको हो । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य...