banner news

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी
-न्युजभित्तो

चितवन, २२ पुस । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औं साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् । सुवेदीले एक हजार ४८४ मत ल्याउँदा...

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
-न्युजभित्तो

ताप्लेजुङ, २२ पुस । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ ।पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा...

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव
-न्युजभित्तो

झापा, २२ पुस । मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा हुनेछ ।...

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो
-न्युजभित्तो

बलेवा (बागलुङ), २२ पुस । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २...

‘निसान पदमार्ग’ मा पुस २३ देखि २६ गतेसम्म पदयात्रा
-न्युजभित्तो

इलाम, २२ पुस । पर्यटन प्रवर्द्धन गर्न गत वर्षबाट सुरुआत गरिएको ‘निसान पदमार्ग’ मा यस वर्ष यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा आयोजना गरिने भएको छ । पुस २३ गते सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु हुने पदयात्रा पुर्णेडाँडा, सुन्तले,...

ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा
-न्युजभित्तो

ललितपुर, २१ पुस । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रभित्र अवस्थित ऐतिहासिक भागदेगः मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७१ मा पुनःनिर्माणको काम सुरु भए पनि कछुवाको गतिमा काम अघि बढेकाले अब केही महिनाभित्र सम्पन्न...

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर...

लहानमा निःशुल्क परीक्षण शिविर
-न्युजभित्तो

सिरहा, २१ पुस । लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लहान–२० र २१ ले संयुक्त रुपमा ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन’ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शाखा...

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २१ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज दिउँसोदेखि निषेधाज्ञा जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो । पछिल्लो समय यहाँ दुई समुदायबीच...

मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका...