सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमचोकमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालन


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १२:०३ 
  • भोजपुर, २१ पुस । यहाँको आमचोक गाउँपालिकाले सामूहिक कृषिको अवधारणालाई व्यवहारमा उतार्दै १२० रोपनी क्षेत्रफलमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालनमा ल्याएको छ ।

    स्थानीय किसानलाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु २० लाख गरी कूल रु ७० लाखको लगानीमा फार्म स्थापना गरिएको हो ।

    पूर्वी पहाडी क्षेत्रमा नमूना कृषि फार्मको रूपमा विकास गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यस फार्मलाई दीर्घकालीन रूपमा कृषि अनुसन्धान, सिकाइ र प्रविधि हस्तान्तरण केन्द्रका रूपमा स्थापित गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । परम्परागत निर्वाहमुखीखेती प्रणालीको विकल्पमा आधुनिक र व्यावसायिक कृषिमा किसानलाई आकर्षित गर्ने उद्देश्यले यो अवधारणा अघि सारिएको हो ।

    घारे सामुदायिक कृषि फार्ममा हाल कागती, टिमुर, कफी, एभोकार्डो जस्ता नगदेबालीका साथै माछापालन, बाख्रापालन, फलफूल तथा तरकारीखेती सञ्चालन भइरहेको छ । जलवायु र भू–बनोट अनुकूल बाली छनोट गरी उत्पादन बढाउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ ।

    फार्ममा हाल पाँच सय बोट कागती, तीन सय बोट एभोकार्डो र तीन सय बोट कफी रोपिएको छ । आगामी वर्षमा बालीको क्षेत्रफल र बालीको सङ्ख्यालाई क्रमशः विस्तार गर्ने योजना रहेको छ । फार्ममा आवश्यक पर्ने मलको आपूर्तिका लागि व्यावसायिक रूपमा बाख्रापालन गरिएको छ, जसले जैविक मल उत्पादनमा सहयोग पु¥याएको छ ।
    त्यस्तै, चारवटा पोखरी निर्माण गरी माछापालन सञ्चालन गरिएको छ, जसबाट आयआर्जनसँगै स्थानीयलाई प्राविधिक अभ्यासको अवसर मिलेको छ । गाउँपालिका र स्थानीय समुदायबीच सहकार्यमा फार्म सञ्चालन भइरहेको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय ऐन निर्माण गरी फार्म सञ्चालन समितिमार्फत दुई पक्षीय साझेदारीमा व्यवस्थापन भइरहेको छ ।

    “कृषि नै यहाँका नागरिकको मुख्य जीविकोपार्जनको आधार हो,” अध्यक्ष राईले भन्नुभयो, “त्यसैले किसानलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यले सामुदायिक फार्मको अवधारणा अघि बढाएका हौँ । यस फार्मलाई पूर्वी क्षेत्रकै नमूना कृषि फार्म बनाउने हाम्रो लक्ष्य छ ।”फार्म सञ्चालनसँगै हाल प्रत्यक्ष रूपमा तीन जनाले रोजगारी पाएका छन् । साथै, कृषिमा रुचि राख्ने स्थानीय किसानले फार्ममा पुगेर पशुपालन, फलफूल तथा तरकारीखेतीका आधुनिक प्रविधिबारे प्रत्यक्ष रूपमा ज्ञान र सीप हासिल गर्न सक्ने व्यवस्था गरिएको छ । यसले किसानबीच अनुभव आदानप्रदान र सिकाइको वातावरण सिर्जना गरेको अध्यक्ष राईले बताउनुभयो ।

    खेतीमा नयाँ प्रविधि भित्र्याउँदै फार्मलाई कृषि पर्यटनसँग जोड्ने दीर्घकालीन सोच रहेको गाउँपालिकाको भनाइ छ । अवलोकनका लागि आउने विद्यार्थी, किसान तथा आगन्तुकलाई लक्षित गर्दै फार्मलाई सिकाइ केन्द्रका रूपमा विकास गर्ने योजना बनाइएको छ ।

    परम्परागत खेती प्रणाली निर्वाहमुखी मात्र भएकाले स्थानीय किसानको आम्दानी बढाउन चुनौती रहेको भन्दै अध्यक्ष राईले व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना र गाउँपालिकाको आर्थिक सबलीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

    फार्मलाई आगामी दिनमा कृषि सिकाइ केन्द्रका रूपमा विकास गर्नुका साथै गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतका रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ । उत्पादन र रोजगारीलाई सँगसँगै जोड्दै फार्मलाई दीर्घकालीन रूपमा दिगो बनाइने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले तयार गरेको स्थानीय ऐनको आधारमा निजी लगानीकर्तालाईसमेत सहभागी गराउँदै फार्मलाई थप विस्तार गर्ने तयारी गरिएको छ । लगानीको आधारमा फार्मबाट प्राप्त हुने आम्दानीलाई गाउँपालिकाको आयस्रोतका रूपमा विकास गरिने जनाइएको छ ।

    सामुदायिक सहभागिता, आधुनिक प्रविधि र संस्थागत व्यवस्थापनमार्फत सञ्चालनमा आएको घारे सामुदायिक कृषि फार्मले आमचोक गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने स्थानीयबासीको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.