सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १६:५१ 
  • ललितपुर, २१ पुस । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रभित्र अवस्थित ऐतिहासिक भागदेगः मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    विसं २०७१ मा पुनःनिर्माणको काम सुरु भए पनि कछुवाको गतिमा काम अघि बढेकाले अब केही महिनाभित्र सम्पन्न हुने भएको छ । विसं १९९० को विनाशकारी भूकम्पबाट क्षति पुगेको भागदेगः मन्दिरको पुनःनिर्माण समयमै अघि बढ्न नसक्दा यो ऐतिहासिक सम्पदा लामो समयसम्म जीर्ण अवस्थामा रह्यो ।

    विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भइसके तर विसं १९९० कै भूकम्पले क्षति पुर्‍याएको भागदेगः मन्दिर भने अझै निर्माणाधीन रहँदै आएको छ ।

    पाटन दरबार सङ्ग्रहालय विकास समितिका सदस्य वीरन्द्रराज श्रेष्ठका अनुसार अबको तीन महिनाभित्र मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न हुनेछ । पुनःनिर्माण ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव रहेको उहाँले बताउनुभयो । “ललितपुर महानगरपालिकाले हरेक वर्ष सीमित बजेट मात्र छुट्याउँछ । त्यही बजेट र केही दातृ निकायको सहयोगमा काम अघि बढाइएको हो । अहिले करिब काम सकिएको छ र केही महिनामै सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

    सुरुमा मन्दिर पुनःनिर्माणका लागि रु चार करोड लागत अनुमान गरिएको थियो । तर विसं २०७२ को भूकम्पपछि मन्दिरको जग हल्लिएको हुन सक्ने आशंकाका कारण जग नै फेर्नुपर्ने अवस्था आयो । यससँगै निर्माणमा ढिलासुस्ती र महँगी बढ्दा कूल लागत बढेर करिब रु नौ करोड पुगेको छ । ललितपुर महानगरपालिका तथा विभिन्न दातृ निकायको सहयोगमा पुनःनिर्माण कार्य भइरहेको छ ।

    इतिहासअनुसार भागदेगः मन्दिर मल्लकालीन समयमा भारदारहरूले निर्माण गरेका हुन् । पाटन दरबार सङ्ग्रहालय विकास समितिका सदस्य वीरन्द्र श्रेष्ठका अनुसार तत्कालीन समयमा भगीराज भैयाले उक्त भागदेगः मन्दिर निर्माण गराएका थिए । ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण यस मन्दिरको पुनःनिर्माण सम्पन्न भएपछि पाटन दरबार क्षेत्रको सौन्दर्य र सम्पदा संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.