सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लहानमा निःशुल्क परीक्षण शिविर


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १६:४४ 
  • सिरहा, २१ पुस । लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लहान–२० र २१ ले संयुक्त रुपमा ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन’ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार शिविर विशेष गरी ३० वर्षमाथिका महिलालाई लक्षित गरी सञ्चालन गरिएको हो । विपन्न तथा दलित समुदायका महिला बढीजसो पाठेघरसम्बन्धी समस्याबाट पीडित भएकाले आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेको अवस्थामा सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिने प्रमुख चौधरीले जानकारी दिनुभयो ।

    “शिविरबाट समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत तेजकुमारी श्रेष्ठका अनुसार यसअघि गत जेठमा लहान–१५ र १७ मा शिविर सञ्चालन गरिएको थियो । यस्ता शिविरबाट ग्रामीण क्षेत्रका महिलालाई लाभ पुगेको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.