सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने


  •    न्युजभित्तो/२२ पुष २०८२, मंगलवार १७:०९ 
  • बरहथवा (सर्लाही), २२ पुस । बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ ।

    बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा पहिलो दिने ७९ जनाको शल्यक्रिया भएको छ ।

    तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा बागमती नगरपालिकाले खान, बस्न प्रबन्ध गरेको नगर स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिनुभयो ।

    तिलगङ्गा आँखा प्रतिष्ठानको चिकित्सक एवम् शिविरका टोली नेता डा रचना सिंहका अनुसार  सर्लाहीमा सर्जिकल आँखा केन्द्र विस्तार भएपछि विभिन्न पालिाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । उपचारका क्रममा शिविरमा आएनुभएका बागमती नगरपालिका–७, निवासी ७७ वर्षीय वीरबहादुर खड्काले गाउँ घरमै निःशुल्क शिविर सञ्चालन हुँदा गरिब, गुरुवाले संसार देख्न पाएको बताउनुभयो ।

    आयोजक संस्थाले शिविरमा आउने बिमारीलाई निःशुल्क खाना, औषधि लगायतको सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.