banner news

दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै
-न्युजभित्तो

खोटाङ, २७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरुआत गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोग पहिचान भएका...

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि
-न्युजभित्तो

भजनी (कैलाली), २७ माघ । टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुनुहुन्छ । राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका उहाँ बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्नुहुन्छ । साउदले धानखेतीमात्र ३० देखि ३५...

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
-न्युजभित्तो

भोजपुर, २७ माघ । जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ...

मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै
-न्युजभित्तो

चितवन, २७ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ । तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्थापना...

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनको आग्रह
-न्युजभित्तो

नवलपुर (नवलपरासी), २७ माघ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ । आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवी लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले...

‘करेन्ट’ लागेर मजदुरको निधन
-न्युजभित्तो

बनियानी (झापा), २७ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ । यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
-न्युजभित्तो

वीरगन्ज (पर्सा), २७ माघ । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय...

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
-न्युजभित्तो

काठमाडौँ ,२६ माघ । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको छ। सोमबार बसेको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको हो। सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता...

अब घरघरमा पाइपबाट ग्यास वितरण गर्नुपर्छ : ओली
-न्युजभित्तो

काठमाडौं,२६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्त्वले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् । सोमबार ९माघ २६० झापाको गौरीगन्जमा मतदातासँग छलफलका क्रममा उनले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा आपरााधिक तत्त्व घुसेर विध्वंस मच्चाएको...

वीरगञ्जमा व्यापारी र सुरक्षाकर्मीबीच झडप, ३ जना सशस्त्र प्रहरी घाइते
-न्युजभित्तो

वीरगञ्ज,२६ माघ। वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ । राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी...