banner news
काठमाडौँ, २५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो...
विराटनगर, २५ माघ । विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय कञ्चनबारीको संयोजनमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीबीच दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको पहिलो...
काठमाडौँ, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने...
महेन्द्रनगर (धनुषा), २५ माघ । मधेसी आयोगले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको सातौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष प्रस्तुत गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष...
काठमाडौँ, २५ माघ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्र्दै...
जलेश्वर (महोत्तरी), २५ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरु जनताका घरदैलोमा पुग्न थालेका छन् । विगत तीन वर्षमा एकपटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा...
दशरथचन्द (बैतडी), २५ माघ । बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा...
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा...
सुरुङ्गा (झापा),२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा एउटै...
काठमाडौँ, २५ माघ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ...

















