सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘करेन्ट’ लागेर मजदुरको निधन


  •    न्युजभित्तो/२८ माघ २०८२, मंगलवार ११:२४ 
  • बनियानी (झापा), २७ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ ।

    यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

    उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मोल तोलामा आठ हजारले वृद्धि
    अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    • विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    • कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.