banner news
काठमाडौं,१ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन्। राष्ट्रियसभाको शुक्रवारको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका...
दैलेख, २९ माघ । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड...
दमौली (तनहुँ), २९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लङ्घनका...
महेन्द्रनगर (धनुषा), २९ माघ । मधेस प्रदेश सरकारले सञ्चालन गरिरहेको निःशुल्क कानुनी सहायता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मुख्य न्यायाधिवक्ता डा सुनिलरञ्जन सिंहले प्रदेशमा निःशुल्क कानुनी सहायताका कारण गरिब तथा सीमान्तकृत वर्गका नागरिकलाई न्याय प्राप्तिमा सहज भएको बताउनुभयो...
काठमाडौँ, २९ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को...
गलकोट (बागलुङ), २९ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताउनुभएको छ । आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको...
रसुवा, २९ माघ । जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण सुरुआत गरिएको छ । जिल्लाको पूर्वाधार विकास कार्यालयले धुञ्चेमा आधुनिक परीक्षण उपकरण स्थापना गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यसबाट जिल्लाका...
नारायणगढ (चितवन), २९ माघ । चितवनमा आयोजित राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगरस्थित कामना कृषि तथा पशुपक्षी फर्मको अर्जुन ढकालको गाई सर्वोत्कृष्ट घोषित भएको छ । ४०० पूणाङ्कमध्ये ३६२.५ अङ्क प्राप्त गर्दै उक्त गाई प्रथम बनेको हो । दूध उत्पादनमा...
म्याग्दी, २९ माघ । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना–...
काठमाडौँ, २९ माघ । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५००...
















