banner news

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
-न्युजभित्तो

काठमाडौँ, २९ माघ । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताउनुभएको...

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
-न्युजभित्तो

काठमाडौँ, २९ माघ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका...

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम
-न्युजभित्तो

भोजपुर, २९ माघ । जिल्ला निर्वाचन कार्यालयले मत बदर हुन नदिन आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो । मतदातालाई सही...

बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध
-न्युजभित्तो

काठमाडौँ, २९ माघ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा समावेश गर्न सबै राजनीतिक दलसमक्ष अनुरोध गरेको छ । अभियानले बालअधिकारको रक्षासँग सम्बन्धित विषयलाई घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षण गराउँदै राजनीतिक दलका प्रतिनिधिलाई २५ बुँदे सुझाव हस्तान्तरण गरेको...

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते
-न्युजभित्तो

घोराही (दाङ), २९ माघ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६...

सडक दुर्घटनामा एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २९ माघ । भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेका मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ...

सरकारी गाडी प्रयोग गरी दलको प्रचारप्रसार गर्ने जिसस प्रमुखलाई समितिले काट्यो पत्र
-न्युजभित्तो

हेटौँडा,२८ माघ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई निर्वाचन आचारसंहिता अनुगमन समितिले आचारसंहिता उल्लंघन गरेको भन्दै पत्र काटेर सचेत गराएको छ । समितिका अनुसार घलानले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरीत सरकारी साधन प्रयोग गरी राजनीतिक दलको उमेदवारका पक्षमा...

‘फास्ट ट्रयाक’निर्माणका क्रममा टुचन मेसिन खस्दा एकको मृत्यु, एक घाइते
-न्युजभित्तो

काठमाडौँ,२८ माघ। तराई मधेस द्रुतमार्गको निर्माणका क्रममा टुचन मेसिन खस्दा एक मजदुरको मृत्युु भएको छ । एक जना घाइते भएका छन् । टुचन मेसिन खस्दा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब ६९ करोडको कारोबार
-न्युजभित्तो

काठमाडौं– साताको चौथो कारोबार दिन नेप्से परिसूचक  ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाखको सेयर कारोबार...

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
-न्युजभित्तो

काठमाडौँ, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर...