सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण


  •    न्युजभित्तो/३० माघ २०८२, बिहीबार १३:४२ 
  • रसुवा, २९ माघ । जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण सुरुआत गरिएको छ । जिल्लाको पूर्वाधार विकास कार्यालयले धुञ्चेमा आधुनिक परीक्षण उपकरण स्थापना गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यसबाट जिल्लाका सडक निर्माणलाई दिगो, भरपर्दो र भविष्यसम्म उपयोगी बनाउने विश्वास गरिएको छ ।

    कार्यालयका अनुसार जडान गरिएका उपकरणमार्फत गिट्टी, बेस, ग्राभेल र ृृकालोपत्रलगायत निर्माण सामग्रीको वैज्ञानिक परीक्षण गर्न सकिनेछ । यसअघि यस्ता परीक्षणका लागि बाहिरी जिल्लामा निर्भर रहनुपर्ने अवस्था थियो । अब जिल्लामै परीक्षण सम्भव भएपछि निर्माण प्रक्रियामा पारदर्शीता र गुणस्तर दुवै बढ्ने जनाइएको छ ।

    कार्यालय प्रमुख रवीन मर्हजनले पाँचजना दक्ष प्राविधिक परीक्षण कार्यमा खटिएको जानकारी दिँदै उपकरण जडानपछि निर्माण कम्पनी वा उपभोक्ता समितिले सामग्रीको मात्रा वा गुणस्तरमा कुनै छलकपड गर्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँका अनुसार परीक्षणका लागि आवश्यक सामग्री भिजाउने पोखरीसमेत निर्माण गरिएको छ, जसले प्रयोगशाला पूर्ण रूपमा सञ्चालनयोग्य बनेको छ ।

    विसं २०८१ भदौमा स्थापना भएको कार्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको छ । हालसम्म नमूनाका रूपमा तीन दशमलव ३६५ किमी नयाँ सडक ट्र्याक खोल्ने, तीन दशमलव ४७८ किमी सडक ढलान गर्ने, दस दशमलव ६३८ किमी सडक कालोपत्र गर्ने तथा बीस दशमलव ४७ किमी सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । यी उपलब्धिले कार्यालयको कार्यदक्षता र प्राविधिक टोलीको सक्रियता झल्किएको जनाइएको छ ।

    स्थानीयवासीले गुणस्तरीय पूर्वाधार विकासले रसुवालाई नमूना जिल्ला बनाउने अपेक्षा व्यक्त गरेका छन् । कार्यालयले कुन क्षेत्रमा कस्तो पूर्वाधार आवश्यक छ भन्ने विषयमा प्राविधिक टोलीले स्थलगत अध्ययनलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

    यस पहलले प्राविधिकको मनोबल अझ उच्च बनाएको छ । गुणस्तर परीक्षण प्रणालीको सुरुआतसँगै अब रसुवामा निर्माण हुने सडक तथा संरचना थप टिकाउ, सुरक्षित र विश्वासयोग्य हुने विश्वास गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.