banner news
काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति भएको बताउनुभएको छ । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय...
महेन्द्रनगर (धनुषा), ७ फागुन । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ गर्न आह्वान गर्नुभएको छ । आज दिनुभएको शुभकामना सन्देशमा उहाँले निरङ्कुश जहानियाँ शासनको अन्त्य...
कैलाली, ७ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन र समृद्धिको बाटोमासँगै हिँड्न सबै नेपालीलाई प्रेरेणा प्रदान गरोस् भनी शभकामना दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले...
काठमाडौँ, ७ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले सहजीकरण र समन्वय बढाएका छन् । निर्वाचन आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा एक–एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन...
काभ्रेपलाञ्चोक, ७ फागुन । गत भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको यहाँको बनेपा नगरपालिकाको क्षतिग्रस्त भवन तत्काल पुनःनिर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवनमा सार्ने तयारी थालिएको छ । बनेपा...
काठमाडौँ, ७ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री...
चितवन, ७ फागुन । यहाँको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा...
काठमाडौँ, ७ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ...
लिस्बन, ७ फागुन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यस अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ,...
















