सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बनेपा नगर कार्यालय बहुप्राविधिक शिक्षालयमा सार्ने तयारी


  •    न्युजभित्तो/७ फाल्गुन २०८२, बिहीबार १२:५९ 
  • काभ्रेपलाञ्चोक, ७ फागुन । गत भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको यहाँको बनेपा नगरपालिकाको क्षतिग्रस्त भवन तत्काल पुनःनिर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवनमा सार्ने तयारी थालिएको छ । 

    बनेपा नगरले नगर अधिवेशनको निर्णयअनुसार गत माघ ४ गते नै शिक्षालयलाई पत्राचार गरेको करिब एक महिनापछि उक्त निर्णय सार्वजनिक गरिएको हो । नगरप्रमुख शान्तिरत्न शाक्यÞद्वारा हस्ताक्षरित पत्रमा शिक्षालयमा रहेका भवन र शिक्षालयले चर्चेको सम्पूर्ण जग्गा बनेपा नगरपालिका मातहत ल्याई सो स्थानमा बनेपा नगर कार्यालयको कार्यालय सञ्चालन गर्नेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेकाले आगामी शैक्षिक सत्रदेखि त्यहाँ सञ्चालित पठनपाठन सारिने र सो ठाउँ खाली गर्न अनुरोध गरिएको छ । हाल १० नं वडा कार्यालयबाट अस्थायी रुपमा नगर कार्यालय सञ्चालन गर्दै आइएको छ ।  

    शिक्षालयले भने नगरपालिकाको अनुरोधमा सहमति जनाइ नसकेको बताइएको छ ।  नगरले पत्राचार गरी संरचना खाली गर्न अनुरोध गरेपछिे शिक्षालयले कुनै प्रतिक्रिया जनाएको छैन । जेनजी आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगर कार्यालयमा क्षति पुगेको थियो । नगर कार्यालयले भने स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नो नाममा रहेको शिक्षालयको ८० रोपनी जग्गा र संरचनालाई मातहत ल्याउने निर्णय गरेको जनाएको छ । उक्त निर्णयको चौतर्फी विरोध भएपछि ‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सभाबाट नै पारित गरी उक्त निर्णय गरेको’ स्पष्ट पारेको छ । नगरप्रमुख शाक्यले नगरसभाको निर्णय अनुसारनै शिक्षालयलाई पत्राचार गरेको बताउनुभयो । 

    यसैबीच ४२ वर्ष पुरानो भवन भएकाले मर्मततर्फ ध्यान नदिइ नयाँ भवन बनाउन बजेटको खोजी भइरहेको नगर कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा कार्यालयमा करिब रु दश करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.