सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना


  •    न्युजभित्तो/७ फाल्गुन २०८२, बिहीबार १३:०७ 
  • महेन्द्रनगर (धनुषा), ७ फागुन । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ गर्न आह्वान गर्नुभएको छ ।

    आज दिनुभएको शुभकामना सन्देशमा उहाँले निरङ्कुश जहानियाँ शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । विसं २००७ को क्रान्तिले स्थापना गरेको प्रजातन्त्रको जगमा उभिएर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई अझ समावेशी र जीवनमुखी बनाउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेकामा जोड दिनुभयो ।

    प्रदेश प्रमुख कर्णले मधेस बलिदानी भूमिको रूपमा सधैँ न्याय, समानता र पहिचानका पक्षमा अग्रपङ्क्तिमा उभिँदै आएको उल्लेख गर्दै प्रदेशको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई सुदृढ गर्दै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन आग्रह गर्नुभयो । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै उहाँले निर्वाचनमा विवेकपूर्ण र सक्रिय सहभागिता जनाउन सबैमा अनुरोध गर्नुभयो । 

    प्रदेश प्रमुख कर्णले लोकतन्त्रले दिएको अधिकारसँगै नागरिक दायित्वसमेत इमान्दारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासको साझा सङ्कल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.