banner news

धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । संयुक्त अरब इमिरेट्स(युएई)ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो । संयुक्त...

विधिको शासन स्थापनाका निम्ति लागिपर्ने अध्यक्ष लामिछानेको अठोट
-न्युजभित्तो

भद्रपुर (झापा), १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रुपमा उठान गर्नुभएको छ । चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरुप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो...

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।  प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई भिडियोमार्फत सम्बोधन गर्दै सुदृढ नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रमार्फत...

कप्तान भण्डारीलाई कांग्रेसको आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि रु पाँच लाख सहयोग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण...

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये...

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । काठमाडौँ क्षेत्र नं ५बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बन्नुभएका  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु भएको छ ।  सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उहाँले लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा...

वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । फाल्गुन शुक्ल अष्टमीका अवसरमा आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ः१३ बजे चिरोत्थान गरिएको हो । निवृत्तभरण व्यवस्थापन...

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योस् गृहमन्त्री अर्याल
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक...

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी
-न्युजभित्तो

वीरगन्ज (पर्सा), १२ फागुन । जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन्् । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै...

अभिभावकको चन्दाबाट शिक्षकलाई पारिश्रमिक
-न्युजभित्तो

भजनी (कैलाली), १२ फागुन । यहाँको भजनी नगरपालिका–७ का सञ्जय लोनिया विगत तीन वर्षदेखि गाउँकै सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । वडामा रहेको श्री हलौना बाबा आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनुभएका लोनिया वार्षिक रु २०–२५ हजार पारिश्रमिक पाउनुहुन्छ...