सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १३:१३ 
  • काठमाडौँ, १२ फागुन । काठमाडौँ क्षेत्र नं ५बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बन्नुभएका  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु भएको छ । 

    सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उहाँले लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा सांस्कृतिक पक्षको अध्ययन गरी पुनरुत्थान र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ ।

    बूढानीलकण्ठ मन्दिरलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बूढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाइँकुण्ड पदमार्ग निर्माण तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने उहाँले योजना प्रस्तुत गर्नुभएको छ । 

    टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख गरिएको छ । 

    प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बूढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला, संस्कृति तथा तामाङ र नेपाल भाषाको प्रवद्र्धन र संरक्षणमा उहाँले जोड दिनुभएको  छ ।

    काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन,सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई पनि नेता पोखरेलले प्राथमिकतामा राख्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री
    प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
    चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
    • बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
    • प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
    • सुनचाँदीको मूल्य वृद्धि
    • श्रमदानबाट सेउती खोलामा फलामे पुल निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.