सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १३:०३ 
  • काठमाडौँ, १२ फागुन । फाल्गुन शुक्ल अष्टमीका अवसरमा आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ । 

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ः१३ बजे चिरोत्थान गरिएको हो । निवृत्तभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरले मागेअनुसार आज बिहान ०७ः१३ बजे पूर्वफर्केर चिर ठड्याउने साइत दिइएको समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष फाल्गुन शुक्ल अष्टमीका दिन बिहान वसन्तपुरमा चिर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ ।

    चिर ठड्याएसँगै वसन्तपुरमा रङ्गीबिरङ्गी रङ खेली मानिसले खुसी मनाएका थिए । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुन १८ गते सोमबार राति ५ः३१ चिर ढाल्ने साइत समितिले दिएको छ । त्यसै दिन राति ५ः५१ बजे चिर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराइका जिल्लामा फागुन १९ गते मङ्गलबार फागु पर्व मनाइँदै छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.