सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १२:४६ 
  • वीरगन्ज (पर्सा), १२ फागुन । जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन्् ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । प्रजिअ दाहालले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आवश्यक शान्ति, सुरक्षाको रणनीति तयार पारेको बताउनुभयो ।

    “हामीले अहिलेसम्म १६५ मतदानस्थलको अनुगमन र निरीक्षण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “बाँकी रहेका दुई मतदानस्थलको पनि छिट्टै अनुगमन गर्नेछौँ ।” प्रजिअ दाहालले भयरहित र शान्तिपूर्ण निर्वाचन गराउन सबै निकायले हातेमालो गरेर अघि बढ्नका लागि आह्वान गर्नुभएको छ ।

    जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तोकिएको ती मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ भने ८५ संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ ।

    क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् ।

    यहाँ चारवटा निर्वाचन क्षेत्र रहेका छन् । यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० मतदान केन्द्र रहेका छन् । त्यस्तै क्षेत्र नं ३ र ४ मा ११४ मतदान केन्द्र तोकिएको छ । पर्सा जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छन् । तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.