सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती


  •    न्युजभित्तो/१४ फाल्गुन २०८२, बिहीबार ११:०० 
  • मध्यविन्दु (नवलपरासी), १४ फागुन । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो ।

    अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का कृषि अर्थ विज्ञ सञ्जय ढकालले बताउनुभयो ।

    यस वर्ष जिल्लामा तीन हजार ७४६ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको ढकालले बताउनुभयो । गत वर्ष जिल्लामा तीन हजार ७२५ हेक्टर क्षेत्रमा तोरीखेती गरिएको थियो । गत वर्षको भन्दा यस वर्ष थप २१ हेक्टर क्षेत्रमा तोरीखेती विस्तार भएको कृषि अर्थविज्ञ ढकालले जानकारी दिनुभयो ।

    “गत आर्थिक वर्ष २०८१र८२ मा तीन हजार ७२५ हेक्टर क्षेत्रफलमा तेलहन बाली (तोरी) खेती हुँदा चार हजार ४३० मेट्रिक टन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “यो वर्ष तीन हजार ७४६ हेक्टरमा खेती भएको छ उत्पादन चार हजार ६६७ मेट्रिक टन हुने अनुमान गरेका छौँ ।”

    जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । यो वर्ष प्रतिहेक्टर १।२५ मेट्रिक टनले उत्पादन हुने अनुमान गरिएको तोरीखेतीप्रति कृषकहरूको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।

    “तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरीखेती फस्टाएको छ”, उहाँले भन्नुभयो, “तोरीखेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरीखेती गर्नेतर्फ किसानहरूको आकर्षण बढ्दै गएको हो ।” अठीदेखि ९० दिनमा तोरीखेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसानहरू तोरीखेतीप्रति आकर्षित हुँदै गएका छन् ।

    वर्षौंदेखि तोरीखेती लगाउँदै आउनुभएका कावासोती नगरपालिका–१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताउनुभयो । “दुई तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ”, उहाँले भन्नुभयो, “घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छाँै ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    • आकस्मिक बाढीको आज मध्यम जोखिम
    • बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.