सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमा क्षेत्रका मतदानस्थलको निरीक्षण


  •    न्युजभित्तो/१४ फाल्गुन २०८२, बिहीबार ११:०४ 
  • इनरुवा (सुनसरी), १४ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा रहेका मतदान स्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश तथा सुनसरी जिल्लाअन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा बुधबार मतदानस्थलको अनुगमन सुरु गरेका हुन् ।

    निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अबस्थाको स्थलगत निरीक्षण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकरी वासुदेव घिमिरेले जानकारी दिनुभययो ।

    नेपाल–भारतसँग सीमा जोडिएको सुनसरीको बर्जु, देवागन्ज, हरिनगर र कोसी गाउँपालिकामा रहेका मतदानस्थलको निरीक्षण अनुगमन गरिएको उहाँले बताउनुभयो । मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना तथा आपत्कालीन अबस्था अवस्थाबारे जानकारी लिनका लागि अनुगमन निरीक्षण गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुनसरीका सुरक्षा अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको बताउँदै निश्चिन्त भएर मतदान प्रक्रियामा सहभागी हुन आम मतदातालाई सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.