banner news

सुनचाँदीको मूल्य बढ्यो
-न्युजभित्तो

काठमाडौँ, १७ फागुन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन...

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’
-न्युजभित्तो

झापा, १७ फागुन । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश...

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति: लक्ष्यअघि नै सम्पन्न
-न्युजभित्तो

म्याग्दी, १७ फागुन । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण...

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह
-न्युजभित्तो

कञ्चनपुर, १७ फागुन । होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला, जुलुस, भीडभाड, मदिरा सेवन तथा बिक्रीवितरण, जबर्जस्ती रङ दल्ने, फोहर...

नयाँपुस्ताका मतदाता भन्दछन्: ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), १७ फागुन । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् । यसअघि निर्वाचनलाई...

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता
-न्युजभित्तो

महोत्तरी, १७ फागुन । मिथिला माध्यमिकी परिक्रमाका यात्री दोहोर्याएर भारत पुगेका छन् । पन्ध्र दिने यो परिक्रमामा दोस्रो र तेस्रो दिन भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर)मा बिताएका यात्री फेरि १३औँ दिन शनिबार भारत पुगेका हुन् । यात्राको...

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी
-न्युजभित्तो

लुम्बिनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रुपन्देहीमा पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन्...

हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
-न्युजभित्तो

भजनी (कैलाली), १७ फागुन । दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आउनुभएका राजु विकको चाहना एउटै छ लालपुर्जासहितको जग्गा प्राप्ति । जग्गाजमिन नभएर वर्षौँदेखि घरबासको आशामा बस्नुभएका उहाँको त्यो आशा अझै पूरा हुनसकेको छैन । पटकपटक लालपुर्जाको...

अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
-न्युजभित्तो

कञ्चनपुर, १८ चैत । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो । कार्यालयका...

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले
-न्युजभित्तो

चितवन, १७ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ले सिफारिस लिएका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन्...